२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

सन्तान सरह हुर्काएको कुकुरको मृत्यु भएपछि ९ दिनसम्म काज किरिया

स्थानीय बासिन्दाहरु कुकुरप्रतिको श्रद्धा देखेर भावुक

तुलसीपुर । सन्तान सरह माया गरेर हुर्काएको पालतु कुकुरको मृत्यु भएपछि तुलसीपुर-मानपुरका शशीधर पौडेलले नौ दिनसम्म विधिवत् काजकिरिया गरेका छन्। उनले आफ्नो प्रिय कुकुर ‘रमी’ को निधनपछि गरिबका मान्छेले जति श्रद्धा र सम्मान आफ्ना बाबुआमाप्रति देखाउँछन्, त्यत्तिकै भावनात्मक सम्मान आफ्ना कुकुरप्रति देखाएका छन्।

रमी तीन दिनदेखि हराइरहेको थियो। खोजी क्रममा नहरमा मृत अवस्थामा फेला परेपछि शशीधर गहिरो शोकमा डुबेका थिए। उनले भने, “आमाबुबा गुमाउँदा जस्तो पीडा थिएन, रमीको मृत्युले मन चिराचिरा भएको छ।”

रमीको स्मृतिमा गरिएको श्रद्धाञ्जलि सभामा शशीधरले आसपासका अन्य कुकुरहरूलाई खीर, दूध, भातजस्ता परिकार खुवाएका थिए। त्यहाँ उपस्थित छिमेकी र आफन्तहरूले समेत रमीप्रतिको समवेदना प्रकट गरेका थिए।

शशीधरको यो कार्यलाई धेरैले संवेदनशीलता र पशुप्रेमको अद्वितीय उदाहरण भनेका छन्। स्थानीय बासिन्दाले कुकुरप्रतिको यस्तो श्रद्धा देखेर भावुक भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस