काठमाडौं । बुधबार मात्रै सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ सरकारी खर्च भुक्तानी गर्यो। आर्थिक वर्षको अन्तिम साताको यो अधिकतम भुक्तानीसँगै चालु वर्षका लागि सरकारी खाता बन्द (लक) भएको हो।
त्यस दिन मात्रै २१ अर्ब ७३ करोड पुँजीगत खर्च र १४ अर्ब ९३ करोड चालु खर्च भुक्तानी भयो। पुँजीगत खर्चमा मात्र एकै दिन ११.२८% को वृद्धि देखिएको छ। चालु वर्षमा सरकारद्वारा विनियोजित पुँजीगत बजेटको ५९% मात्र कार्यान्वयन भएको छ।
आर्थिक कार्यविधि नियमावलीअनुसार, नयाँ दायित्व सिर्जना हुने गरी खर्च गर्न पाइँदैन। तर, कानुनी प्रावधानको अपवाद देखाएर सरकारले अन्तिम चार दिनमै ८२ अर्ब रुपैयाँ खर्च गरेको छ। खाता लक भएपछिको खर्च सीमित हुन्छ, तर आपतकालीन वा विशेष अवस्थामा भने कोष तथा लेखा नियन्त्रकको सिफारिसमा खर्च गर्न सकिने व्यवस्था छ।
प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार

