२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छाड्यो पाठक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले पूर्व राजा शाहका संवाद सचिव फणिराज पाठकलाई छाडेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, कागज गरेपछि उनलाई शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको हो । शुक्रबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका पाठक साँझ तीन बुँदे कागज गरेर छुटेका हुन् ।

संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बिहान बोलाएको थियो । दिनभर केरकार गरेर राति उनी छुटेका हुन् ।

 

 

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस