२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

हिजो स्थिर रहेको सुनको मूल्य आज ह्वात्तै घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदी भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस