२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

झलनाथ खनाललाई पश्चताप : एमाले विभाजन गरेर गलत गरिएछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले छाडेकोमा पश्चाताप गरेका छन् ।

उनले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु नै गलत भएको बताएका छन् । ‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो गनै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म’, पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा खनालले भनेका छन्, ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिष्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले । त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।’

कहिलेकाहीं यस्तो लाग्दैन कि व्यर्थै नेकपा एमाले छाडेर नेकपा एसमा आएछु म ? त्यो लाग्छ ? मनको कुरा भन्नुस् ।
खनाल भन्छन्, ‘म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो गर्नु गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म ।’

अहिले ?
खनाल–एस
‘भनेको एमाले छोडेर आउनु गलत भएछ ?’, खरेल सोध्छन् ।
खनाल भन्छन्, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन अहिलेसम्म ।’
गलत भएछ ?
खनाल भन्छन्, ‘पुष्टि नहुनुको अर्थ के हो भने गलत गरियो । गलत गरिएछ त्यतिबेला ।’

त्यो अनुभूति अहिले तपाईलाई भइरहेको छ ? ओली छोडरे माधव नेपालमा आउनु…?
खनाल उत्तर दिन्छन्, ‘म कुनै व्यक्ति विशेषलाई मान्दिनँ । नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिष्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले । त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।’

प्रकाशित मिति : २०८२ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस