२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भाटभटेनीमा थप शव भेटियो, के भन्छ प्रहरी ?

काठमाडौं । विराटनगर–६ स्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा शव फेला परेको छ। जेनजी आन्दोलनका क्रममा आगजनी भएको सो स्टोरको दोस्रो तल्लामा सोमबार शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

गत भदौ २४ गते अराजक समूहले भाटभटेनीमा आगजनी गरेको थियो। सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन्। तर जलेको अवस्थामा भएकाले मृतकको पहिचान खुल्न सकेको छैन। यसअघि शुक्रबार धरान शाखामा चार वटा शव फेला परेका थिए।

कोशी प्रदेशमा गत मंगलबार पाँचमध्ये चार वटा स्टोरमा आगजनी भएको थियो। विराटनगर, धरान, दमक र बिर्तामोडका शाखा जलेका थिए भने इटहरी शाखा स्थानीयले जोगाएका थिए।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस