२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बुधबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पर्सि (असोज १, बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय पनि गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ। हालसम्म आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ भने २ हजार ३१६ जना घाइते भएका छन्। २८३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

यी हुन् कार्की मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका नौ वटा विभिन्न निर्णयहरू

  • जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने
  • असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने
  • आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्ने
  • मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने
  • घाइतेहरूको निशुल्क उपचार गर्ने
  • शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने
  • आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने
  • सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने
  • अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस