२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

यूएईको ठूलो झड्का! भिजिट र वर्किङ भिसा बन्द, हजारौं नेपाली प्रभावित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट मात्र होइन, वर्किङ भिसा पनि बन्द गरेको छ। एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले दुबै भिसा जारी नगर्ने निर्णय लिएको छ।

उनी भन्छन्, यो रोक कहिलेसम्म रहने भन्नेबारे ठोस जानकारी छैन, तर नेपालको हालको परिस्थितिलाई कारण मानिएको अनुमान गरिएको छ। भिजिट भिसाको नाममा बिचौलियाले गरेका ठगी धन्दा रोक्न पनि यो कदम उठाइएको बताइएको छ।

अबुधाबीस्थित नेपाली दूतावासले यसबारे आधिकारिक जानकारी नपाएको भए पनि दुबई र नेपालका कम्पनीहरूले आवेदन रोकिएको र पहिले टाइप भएका भिसा समेत रद्द हुन थालेको बताएका छन्।

यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत छन्, जसका परिवार र नयाँ रोजगारी खोज्ने युवाहरू यो निर्णयबाट प्रत्यक्ष प्रभावित हुने देखिन्छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस