२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

आज सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा घरमै कुटिएपछि उपचारपछि आराम गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुँदै छन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने नहुने निश्चित भएको थिएन।

बैठकले महाधिवेशन सम्बन्धमा एजेन्डा लैजाने भने पनि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सहमति जुटाउन सकेन। केन्द्रीय समितिले मिति तय गर्नेगरी नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने र मिति केन्द्रीय समितिबाट तय गर्ने समझदारी बैठकमा बनेको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जनाएकी छन्।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस