२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

रविलाई अर्को ठुलो झट्का : विश्वसपात्र मानिएका घिमिरेले पनि रास्वपा छोडे

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन्। पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत उनले शुक्रबारदेखि पार्टीमा नरहने जानकारी दिएका हुन्।

घिमिरेले केही वर्षदेखि रास्वपाको कानुन विभाग र नीति, नियमावली तथा विधान मस्यौदा कार्यदलमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनले प्रवासी र गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनको पुनरावलोकन गर्दै समस्या समाधानका लागि कानुनी मस्यौदा पनि तयार पारेका थिए।

गैरआवासीय नेपालीलाई नेपालको विकाससँग जोड्न नागरिकता र लगानीसम्बन्धी कानुन संशोधन गर्नुपर्ने सुझाव उनले पार्टीलाई दिएका थिए। उनले रास्वपाले संविधान र कानुन संशोधनमा अग्रसर हुनुपर्ने धारणा पनि व्यक्त गर्दै आएका थिए।

रवि लामिछानेको सहकारी मुद्दामा उनले कास्की जिल्ला अदालतमा कानुनी सल्लाहकारको भूमिका निभाए पनि, अन्य अदालतमा रविविरुद्ध दायर मुद्दाहरूमा भने संलग्न थिएनन्।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस