२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

मुख्यमन्त्रीले राजीनामा दिए, नयाँ संकट सुरु

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। उनले मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सिंहले राजीनामासँगै आफ्नो कार्यकालको बचाउ गरेका थिए। उनले ७१.४८ प्रतिशत खर्च गरेर मधेस प्रदेशको इतिहासमै सबैभन्दा बढी खर्चको रेकर्ड बनाएको बताए।

सिंहले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको माफियातन्त्र अन्त्य गर्न हरसम्भव प्रयास गरेको दाबी गर्दै आफ्नो राजीनामालाई अतिरञ्जित बनाइएको र चरित्रहत्या गर्ने प्रयास भएको टिप्पणी गरे।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस