काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २१ सय रुपैयाँले घटेर २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार १७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ९ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७२२ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार

