२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

कतारमा बस्ने नेपालीहरूले बेवास्ता नगर्नुस् ! दूतावासको अत्यन्त जरुरी सूचना हेर्नुस्

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीहरूले अनुशासन पालन गर्न आग्रह गर्दै सूचना जारी गरेको छ।

दूतावासले उल्लेख गरेको छ कि बिहान ५ बजेदेखि नै कार्यालय परिसर बाहिर भिडभाड, खुला स्थानमा सवारीसाधन पार्किङ, ठूलो आवाजमा कुराकानी वा होहल्ला नगर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।

दूतावासका अनुसार, परिसर आसपास बसोबास गर्नेहरूले असहज महसुस गरेको बारम्बार गुनासो प्राप्त भएका कारण यस्तो सूचना जारी गरिएको हो।

साथै, दूतावासले सम्पूर्ण सेवाग्राहीलाई कार्यालय समयमा मात्र सेवा लिन र बिहान ८ बजेपछि उपस्थित हुन आग्रह गरेको छ। सेवासम्बन्धी कार्यका लागि मात्र उपस्थित भएर अनावश्यक लामो समयसम्म बस्न नहुन पनि दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस