२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

पशुपतिनाथको चार किल्लाभित्र मासु, मदिरासहित नशालु पदार्थ बेचबिखन गर्न नपाईने

काठमाडौँ । पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र तीन दिन सम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी मंसिर १ गतेदेखि ३ गते तीन दिन सम्म पूर्ण रूपमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार सूचना जारी गर्दै सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रूपमा रोक लगाइएको हो । सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस