काठमाडौंको बीच सडकमा अचानक देखियो यस्तो दृश्य, देखेर जोकोही हैरान

काठमाडौं । नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ। सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पाइप फुटेपछि सडकले भीषण पानी बगाएको छ। पानी फैलिँदै जाँदा सवारीसाधन र पैदलयात्री समस्यामा परेका छन्। आकाशे पुलको छेउमै पाइप फुटेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पानी बगेर सिधै खोलामा पुगेकाले ठूलो जोखिम भने छैन।