२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भू(भागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ ।

विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौंबाट पूर्वतिर यसको प्रभाव सम्भावना औंल्याइएको छैन। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गएको बिहीबार ९कात्तिक १३०देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा भएको थियो । त्यसयता मौसम पूर्णरूपमा सफा भइसकेको छैन।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस