मधेस सरकारविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेसी तोकियो

काठमाडौँ । मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन्। उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन्। यस रिटको सुनुवाइका लागि पेसी कात्तिक २५ गतेका लागि तोकिएको छ।