२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विराटनगर किङ्सका चर्चित खेलाडीको मोटरसाइकल दुर्घटनामा निधन

विराटनगर । कोशी प्रदेशका युवा क्रिकेटर मिनष थापा बिहीबार बिहान विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएका छन्।

विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो। उनी विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका थापालाई कोशी अस्पताल पुर्‍याइयो, तर चिकित्सकले मृत घोषित गरेका थिए। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलेका थिए र कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिगमा पनि सहभागिता जनाएका थिए।

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस