२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

प्रचण्डलाई ठूलो झट्का: पूर्वमुख्यमन्त्री जनार्दनतिर लागे (पत्रसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले बुधबार दलको नेताबाट राजीनामा दिएका छन्। प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले अब आफू उक्त पदमा नबस्ने बताएका हुन्।

पछिल्लो समय प्रचण्डसँग दूरी बढाएका शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीतिर खुलेर लागेपछि माओवादीभित्र तीव्र असन्तुष्टि पैदा भएको थियो। यही कारण दलको बैठकले उनलाई कारबाही गर्ने तयारी गरेपछि उनले पद त्यागेको माओवादी प्रदेशसभा सदस्यहरूले जानकारी दिए।

शर्माले भने सांसद पदबाट राजीनामा दिएका छैनन्। यसअघि दलले उनलाई मंसिर १८ भित्र सम्पर्कमा आउन निर्देशन दिएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस