काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जारी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क गर्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् ।
जारी केन्द्रीय कमिटी बैठकमा उनीहरूले यो निर्णय सार्वजनिक गरेका हुन् । दुवै नेता लामो समयदेखि ईश्वर पोखरेल पक्षमा खुलेर उभिँदै आएका छन् ।
केन्द्रीय कमिटी बैठक अझै जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाउने प्रस्ताव अघि सारेका छन् । तर ओलीको यो प्रस्तावलाई ईश्वर पोखरेल पक्षले निरन्तर अस्वीकार गर्दै आएको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार

