२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

रवि लामिछानेको मुद्दा फिर्ता विवाद : सर्वोच्चले जारी गर्‍यो यस्तो आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश दिएको छ। कागजात प्राप्त भएपछि अन्तरिम आदेशका लागि पेस गर्ने आदेश भएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयलाई चुनौती दिँदै रिट दायर गरिएको हो।

उक्त रिटको सुनुवाइ आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको थियो।

प्रकाशित मिति : २०८२ माघ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस