२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

रविको मुद्दा फिर्ता भएपछि बानेश्वरमा कसले गर्‍यो चर्को प्रदर्शन?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

शनिबार नयाँ बानेश्वरमा भएको प्रदर्शनमा सहभागीहरूले उक्त निर्णय गैरकानूनी र अनैतिक भएको आरोप लगाउँदै दण्डहीनता बढाउने कदमको विरोध गरेका छन्। शक्तिशालीलाई उन्मुक्ति दिने प्रवृत्ति बढ्दै गएको भन्दै उनीहरूले ‘गलत निर्णय फिर्ता ले’ लगायतका नाराबाजी गरेका थिए। युवा संघका नेताहरूले कानून सबैका लागि समान हुनुपर्ने भन्दै राजनीतिक दबाबमा मुद्दा फिर्ता लिनु स्वीकार्य नहुने बताएका छन्।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस