२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

यो महङ्गिमा पनि सुनको आयात ह्वात्तै बढ्यो, १११४ केजी सुन आयात !

काठमाडौँ । लगानीकर्ता आकर्षित हुँदा सुन आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२(८३ को सात महिनामा २१ अर्ब २० करोड ७९ लाख रुपियाँ बरारको एक हजार ११४ केजी सुन आयात भएको छ । गत वर्ष साही अवधिमा १० अर्ब ४५ करोड ४९ लाख रुपियाँ बराबरको ८८७ केजी सुन आयात भएको थियो ।

एकै वर्षको अन्तरमा सुनको परिणाम र मूल्यको हिसाबले आयात बढेको विभागको तथ्याङ्कले देखाउँछ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढ्दा लगानीकर्ताले लगानी बढाएपछि आयात बढेको जानकारी दिए। “बजारमा मूल्य बढेकाले सुनको कारोबार ८० प्रतिशत घटेर सुन व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ,” शाक्यले भने, “तर भाउ बढ्दा लगानीकर्ताले सुनमा लगानी बढाएकाले पनि आयात बढेको देखिन्छ ।” निरन्तर सुनको मूल्य बढ्दै गएकाले नाफा कमाउन लगानीकर्ता सुनमा आकर्षित भई लगानी गरेको हुन सक्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कले ढिका सुन खरिद गर्न नपाइने व्यवस्था गरे पनि लुकिछिपी बिक्री बढेकाले यसलाई नियमन गर्न आवश्यक रहेको उनले बताए। २०८१ फागुन पहिलो साता प्रतितोला एक लाख ७० हजार रुपियाँ रहेको सुनको मूल्य अहिले बढेर तीन लाख चार हजार सात सय रुपियाँ पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा एक लाख ३४ हजार सात सय रुपियाँले बढेको छ । सुनको मूल्य निरन्तर बढ्दा सुनमा व्यावसायिक रूपमा लगानी बढ्न थालेको हो ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस