काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।
शुक्रबार युवराज सफलले गृह मन्त्रालयमा उजुरी दर्ता गर्दै शाहले आफूखुसी थर परिवर्तन गरेको आरोप लगाएका हुन्। उजुरीमा शाहको नागरिकता खारेज गर्न, पाँच वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।
उजुरीअनुसार बालेन्द्रले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ लिँदा थर ‘साह’ उल्लेख थियो। तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रथम प्रतिलिपि लिँदा ‘साह’ लाई ‘शाह’ बनाइएको दाबी गरिएको छ।
उक्त परिवर्तनलाई अनधिकृत रूपमा नागरिकतामा उल्लिखित जात/थर संशोधन गरिएको भन्दै कारबाहीको माग गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार

