२०८२ फाल्गुन ८ गते शुक्रवार | 2026 February 20th Friday

दुर्गा प्रसाईं प्रकरणमा सर्वोच्चको यस्तो कडा आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन र पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो। प्रसाईंको हकमा उमा प्रसाईंले रिट दायर गरेकी थिइन्।

यसअघि पक्राउ पर्नुअघि प्रसाईंले आफूलाई प्रहरीले धरपकड गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। तर न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनी सोमबार पक्राउ परेका थिए।

प्रसाईं यसअघि पनि माघ २३ मा पक्राउ परेर हाजिर जमानीमा छुटेका थिए। निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो। फागुन २१ मा हुने भनिएको निर्वाचन विथोल्ने आशंकामा प्रहरीले उनलाई विभिन्न समयमा पक्राउ गर्दै बयान लिएर छाड्दै आएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस