२०८२ फाल्गुन ८ गते शुक्रवार | 2026 February 20th Friday

रविको स्वागतमा एमालेको झण्डा ज`लाइयो, समातिएका ५५ वर्षीय व्यक्तिबारे नयाँ खुलासा!

काठमाडौँ । नेकपा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो। उनीमाथि बिहीबार तुलसीपुर–५ वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न भेला भएको भीडमा एमालेको झण्डा जलाएको आरोप छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी छ।

प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पुग्ने गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस