२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

१५ जिल्लाका ६१ स्थानबाट मतपेटिका संकलन गर्न हेलिकोप्टर परिचालन हुने

काश काफ्ले/काठमाडौं । आज हुन लागेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न दुर्गम क्षेत्रबाट मतपेटिका हेलिकोप्टरमार्फत संकलन गरिने भएको छ।

गृह मन्त्रालयका अनुसार १५ जिल्लाका ६१ स्थानबाट करिब एक सय मतदान केन्द्रका मतपेटिका हवाई मार्गबाट मतगणनास्थलसम्म ल्याइनेछ। भौगोलिक कठिनाइ र यातायातको अभावका कारण स्थलमार्गबाट ढुवानी गर्न समस्या हुने स्थानहरूमा हेलिकोप्टर प्रयोग गरिने निर्णय गरिएको हो।मतदान अधिकृतको नेतृत्वमा सुरक्षाकर्मीको कडा सुरक्षा घेराभित्र मतपेटिका संकलन गरिने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्य सुवेदीका अनुसार आवश्यकता परेमा थप स्थानबाट पनि हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्न सकिने तयारी अवस्थामा सरकार रहेको छ। निर्वाचनलाई सुरक्षित, व्यवस्थित र समयमै सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस