२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं — मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक प्रतिशतभन्दा बढीले घटेको छ। पश्चिम एसियामा जारी अन्योलबीच अमेरिकाले ब्याजदर बढाउने अपेक्षाले सुनलाई सन् २००८ को अक्टोबरपछिकै सबैभन्दा ठूलो मासिक मन्दीतर्फ धकेलेको हो।

आज स्पट सुनको मूल्य १.५ प्रतिशतले घटेर प्रतिऔंस ३,९५६.९२ डलरमा झरेको छ। यससँगै चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटिसकेको छ, जुन लगातार चौथो महिनाको गिरावट हो। आगामी अगस्टका लागि अमेरिकी सुनको फ्युचर्स मूल्य पनि १.७ प्रतिशतले घटेर प्रतिऔंस ३,९६९.३० डलर कायम भएको छ।

विश्लेषकहरूका अनुसार उच्च महँगी, ब्याजदर वृद्धिको अपेक्षा र बलियो अमेरिकी डलरका कारण सुनको आकर्षण घटेको हो। यससँगै चाँदी, प्लाटिनम र प्यालेडियमको मूल्य पनि ओरालो लागेको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस