२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ६१५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आइतबार घटेर ४ हजार ६०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस