२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

आज यी ठाउँमा सरकारले नै ग्यास बिक्री गर्ने [सूचनासहित]

काठमाडौं – खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला नेपाल आयल निगमले आज आइतबार उपत्यकाका ७ स्थानमा ग्यास बिक्री वितरण गर्ने घोषणा गरेको छ। सूचनाअनुसार टेकुस्थित आयल निगम कार्यालय, चपलीको पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी केन्द्र, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुनेछ।

निगमले अति आवश्यक परेका व्यक्तिले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित उपस्थित भएर ग्यास किन्नुपर्ने स्पष्ट पारेको छ। उपलब्ध हुने ग्यास कम्पनीहरूको नाम पनि सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस