२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

५० टन राहत सामग्रीसहित चीनको वायुसेनाका दुई ठूला विमान काठमाडौंमा अवतरण

 

काठमाडौं – रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ट्रान्सपोर्ट विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमार्फत ल्याइएका सामग्रीमा १३,२०० थान त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुडरबिस्कुट र प्राथमिक उपचार किट रहेका छन्। साथै, चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आइपुगेका छन्।

राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र सांसद धर्म केसी उपस्थित थिए। उनीहरूले नेपाल आइपुगेका उद्धार विशेषज्ञलाई स्वागत गरेका थिए। चीनले यो सहयोग नेपाल–चीन सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोपछिको प्रतिकार्यमा सघाउन पठाएको हो।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस