२०८३ भाद्र २१ गते आइतवार | 2026 September 6th Sunday

रास्वपाको स्पष्टीकरण : उद्धारमा खटिएका सांसद फिर्ता बोलाउने निर्णय छैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले सुरूङ उद्धारमा खटिएका सांसद सागर ढकाल र श्रीराम न्यौपानेलाई फिर्ता बोलाउने कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जालमार्फत समाचारमा आएको भ्रमप्रति ध्यानाकर्षण गर्दै, “पार्टीको कुनै तहबाट विपद् प्रभावित क्षेत्रमा खटिनुभएका कसैलाई फिर्ता बोलाउने निर्णय वा निर्देशन भएको छैन” भनेका छन्।

पराजुलीले सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो अभिव्यक्तिको गलत अर्थ लगाइएको दाबी गर्दै, उद्धारमा खटिँदा राज्यका सुरक्षा निकाय र संयन्त्रलाई व्यवधान नपुगोस् भन्ने मात्र उद्देश्य रहेको बताए। उनले विपद्को घडीमा सबै सदस्यलाई खोज, उद्धार र राहतमा सहयोगी बन्न निर्देशन दिइएको पनि स्मरण गराए।

 

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस