२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

चिलिमेमा सुरुङ खोल्न गरियो ब्लास्टिङ, थप ६ जनाको उद्धार हुने आशा

काठमाडौं । चिलिमे सुरुङमा बेपत्ता व्यक्तिहरूको उद्धारका लागि काम तीव्र पारिएको छ। आज त्रिशुली थ्री ए का आवश्यक सामान लगेर पहिलो ब्लास्टिङ गरिएको छ।

त्रिशुली थ्री ए सुरुङ उकालो भएकाले पानीको फोहोरा प्रयोग गरेर माटो निकालिएको थियो। चिलिमे सुरुङ ओरालो भएकाले लेदो हटाउन नयाँ मेसिन तयार गरिएको छ। उक्त मेसिन राति विदुर पुर्‍याएर भोलि बिहानै चिलिमे लगिनेछ। काम द्रुत गतिमा अघि बढे भोलि साँझ वा पर्सि बिहानसम्म सुरुङभित्र प्रवेश हुने आशा गरिएको छ। रास्वपा सांसद सागर ढकालले भने– “सुरुङको काम हो, ठ्याक्कै नहुन सक्छ, तर हामी धेरै आशावादी छौँ। सम्भवतः छिट्टै अरू ६ जनाको उद्धार गर्छौँ।” रास्वपा सांसद श्रीराम न्यौपानेपनि पुगेका छन् । श्रीराम सुरुङ विज्ञ समेत हुन् ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस