काठमाडौं – आज मंगलबार सुनचाँदीको मूल्य फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज फाइन गोल्डको मूल्य तोलामा रु ३,००,१०० निर्धारण गरिएको छ।
हिजोको तुलनामा सुनको मूल्य रु ९०० ले घटेको हो। भदौं २९ गते सोमबार सुनको मूल्य तोलामा रु ३,०१,००० थियो। त्यस्तै, चाँदीको मूल्य पनि रु २० ले घटेर तोलामा रु ४,६०० पुगेको छ। हिजो चाँदीको मूल्य रु ४,६२० थियो।
प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार

