२०८३ असोज २ गते शुक्रवार | 2026 September 18th Friday

गगनले पन्छाए सबै बाधा, देउवाका विश्वास पात्रहरु सानेपा पुग्दा अंकमाल र जय नेपाल घन्कियो

काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि देखिएको विवादबीच देउवा पक्षका नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी भएपछि पार्टी एकताको माहोल बनेको छ। देउवा क्याम्पका लोकप्रिय नेताहरु गगन कित्तामा आएपछि अब एकताको माहोल र गगनले आफ्ना सबै बाधाहरु हटाएको स्पष्ट भएको हो । नेता उमेशजंग रायमाझीले सबैलाई समेटेर कांग्रेसलाई अघि बढाउनुपर्ने बताए।
सानेपामा देखिएको उत्साहबीच उपसभापति विश्वप्रकाश शर्माले पार्टी कार्यालयसँगै हृदयको ढोका पनि खुला रहेको भन्दै संवादबाट विवाद समाधान गर्नुपर्ने बताए। महामन्त्री गुरुराज घिमिरेले नेताहरू मूल प्रक्रियामा फर्किनु सुखद् भएको र पार्टीमा नयाँ उत्साह आएको बताए भने प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई १५औँ महाधिवेशनमा समेट्ने व्यवस्था भइसकेको जानकारी दिए।
नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पूर्वसभापति शेरबहादुर देउवालाई समेत १५औँ महाधिवेशनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरिन्। सभापति गगन थापाले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण नरहेको भन्दै सबैलाई एकै ठाउँमा ल्याउन आवश्यक लचकता अपनाउन तयार रहेको बताए। उनले असोज १६ गते हुने महाधिवेशन देउवाबाट उद्घाटन गरिदिनसमेत आग्रह गरे।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस