२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

‘गोरो सन्तान’ का लागि नेपाली युवतीको कोख भाडामा किनबेच ?

भारतीय सञ्चारमाध्यमको खोजअनुसार सम्पन्न निःसन्तान भारतीय दम्पतीलाई लक्षित गर्दै नेपालका विपन्न युवतीलाई भारत पुर्याएर ग`र्भवती बनाउने र बच्चा जन्मिएपछि नेपाल फर्काउने कथित अन्तरदेशीय गिरोह सक्रिय रहेको दाबी गरिएको छ।
बुटवल, पोखरा, पाल्पा र गुल्मी आसपाससम्म फैलिएको भनिएको यो ध`न्दामा एक युवतीका लागि १ करोड भारतीय रुपैयाँसम्म मोलमोलाइ हुने, तर युवतीले २०–२५ लाख रुपैयाँ मात्र पाउने र बाँकी रकम दलालले बाँड्ने दाबी छ। युवतीलाई १–डेढ वर्षसम्म भारतमा राखी बच्चा जन्मिएपछि आमाबाट अलग गरिने बताइएको छ।
दलालहरूले गरिबी र ‘गोरो, स्वस्थ सन्तान’सम्बन्धी भ्र`मको फाइदा उठाउने गरेको दाबी गरिएको छ। खुला सीमाबाट हुने यस्तो शोषणलाई आधुनिक दासता र मानव बे`चबिखनसँग जोड्दै अनुसन्धानले नेपाल–भारत दुवैतर्फ कडा निगरानी र कारबाहीको आवश्यकता औँल्याएको छ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस