काठमाडौं । बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवात र न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि सोमबारसम्म नेपालमा भारी (आरीघोप्टे) वर्षाको सम्भावना देखिएको छ। केही मोडलले ५०० मिलिमिटरभन्दा बढी वर्षा देखाएकाले विशेषगरी लुम्बिनीमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढाउने भएकाले पूर्वतयारी गर्न सुझाव दिइएको छ। जल तथा मौसम विज्ञान विभागले प्रणालीको निरन्तर अनुगमन गर्दै विशेष बुलेटिन जारी गर्ने जनाएको छ। भारतको उत्तरप्रदेश र बिहारमा पनि अत्यधिक वर्षाको सम्भावना रहेको छ।
मौसमविद्का अनुसार पछिल्ला केही वर्षयता असोजमा भारी वर्षा दोहोरिँदै आएको छ। जलवायु परिवर्तनका कारण नेपालमा तीन दिनसम्म हुने भारी वर्षा १८ प्रतिशतभन्दा बढी तीव्र र दोब्बर भएको अध्ययनले देखाएको छ।
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

