ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आ`गलागी भएको छ । आ`गलागीमा परी करिब १० घर जलेका छन् । यहाँ बारम्बार आ`गलागी हुन्छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी तथा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईँका अनुसार तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका छन् ।
आ`गलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाका दुई वटा दमकलसमेत प्रयोग भइरहेको छ । आगो थप फैलिन नदिन सुरक्षाकर्मी, दमकल कर्मचारी तथा स्थानीयवासीले प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार आ`गलागीको प्रारम्भिक कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ । दोभान बजारमा करिब ५० घरधुरी रहेको बताइएको छ । आग`लागीबाट अन्य घरमा समेत क्षति पुग्न सक्ने जोखिम रहेकाले नियन्त्रणको प्रयास तीव्र पारिएको र करिब ९० प्रतिशत आयो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

