काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग सम्बन्ध जोडिएका न्यायाधीशमाथि महाभियोग लगाउन चर्को दबाब रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले विवादित न्यायाधीशमाथि छानबिन गर्न तत्काल संसदीय समिति र महाभियोग सिफारिस समिति गठन गर्नुपर्ने दबाब पार्टीभित्र रहेको बताए।
इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको भेटघाट र सन्देश आदानप्रदानको विवरण सार्वजनिक भएपछि न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठेको उनको भनाइ छ।
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार


