२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

के ढाकाकुमारले सांसद बन्न ३ करोड दिए ? (विज्ञप्ति)

काठमाडौं । सांसद बन्न तीन करोड रुपैयाँ दिएको आरोपमा डा. ढाकाकुमार श्रेष्ठले जवाफ दिएका छन् ।

उनले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ रास्वपालाई उक्त रकम बुझाएको समाचारप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्ति जारी गर्दै बाहिर आएका समाचार कपोकल्पित तथा आधारहीन भएको उनले जानकारी गराए ।

श्रेष्ठले समाचारमा उल्लेख भए अनुसार आफूले कुनै मिडियाहरूसँग नबोलेको स्पष्ट पारेका छन् । उनले समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको दाबी गरे ।

विज्ञप्तिमा उनले आफ्नो नाम जोडेर नैतिक समस्यामा पार्ने काम गरेकोमा दु:ख व्यक्त गर्दै भनेका छन्, ‘साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

निलम्बनमा परेका सांसद श्रेष्ठले आधारविना भ्रामक तथ्यहीन समाचार बनाए कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस