२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

Miss Nepal 2023

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् । जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

फिनालेका ११ जना निर्णायकमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस