२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ब्रेकअपपछि पूर्व प्रेमीसँग रोमान्स गर्दै अभिनेत्री सारा

Sara Ali Khan Romance X Boyfriend

मुम्बई। अभिनेत्री सारा अली खान हालका दिनमा आफ्नो रिलिज फिल्म ‘जरा हटके जरा बचके’बाट प्राप्त प्रतिक्रियामा रमाइरहेकी छन्। उनी चाँडै फिल्म ‘स्काई फोर्स’मा देखिँदैछिन्। यो फिल्ममा उनले पूर्व प्रेमी वीर पहाडियासँग रोमान्स गर्नेछिन्। दिनेश विजान र जियो स्टुडियो प्रोडक्सनको यो फिल्ममा पहाडियाको डेब्यू अभिनय रहनेछ।

सन्दीप केवलानीको निर्देशनमा बनिरहेको फिल्ममा यसै महिनाबाट सुटिङ सुरु भएको थियो। अक्षय कुमारको समेत अभिनय रहेको फिल्मको तीन महिनामा विभिन्न स्थानमा सुटिङ हुनेछ। हाल फिल्मको सुटिङ लण्डनमा भइरहेको छ। केही समयअघि ‘कफि विथ करण’मा सारा र जान्हवीले दुई भाईसँग डेटिङ गरिरहेको कुरा खुलासा गरेका थिए।

ती दुई भाई वीर र शिखर पहाडिया थिए। जान्हवी अहिले पनि शिखरसँग डेटमा छिन्। साराले भने केही समयअघि वीरसँग ब्रेकअप गरेकी थिइन्। फिल्म आगामी वर्ष रिलिज हुनेछ। वीर प्रख्यात व्यवसायी सञ्जय पहाडियाका छोरा हुन्।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस