२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

काठमाडौंमा चार सवारीसाधन एकाआपसमा ठोक्किँदा १४ जना घाइते

Road Accident

काठमाडौं । काठमाडौं म हानगरपालिका–३२ पेप्सीकोलामा आज बिहान चार वटा सवारीसाधन एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला छाप्रोमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ। बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका९२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस