२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

एमाले कर्णाली अधिवेशन: अध्यक्ष गुलाबजंग, उपाध्यक्ष टेकराज र सचिवमा ध्रुबकुमार निर्वाचित

काठमाडौं । नेकपा एमालेको प्रथम कर्णाली अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्। सोमबार भएको मतगणनामा मीनबहादुर शाहीलाई पराजित गर्दै शाह अध्यक्षमा निर्वाचित भएका हुन्। शाहले ३६९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शाहीले २०७ मत प्राप्त गरे।

अध्यक्ष पदकै उम्मेदवार प्रकाश रोकायले भने ४ मत मात्र प्राप्त गरे। अधिवेशनबाट उपाध्यक्षमा जुम्लाका टेकराज पछाईं निर्वाचित भएका छन्। ३४२ मतसहित पछाईं निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा ध्रुबकुमार शाही निर्वाचित भएका छन्। निर्वाचित भएका शाहीले ४०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले १६९ मत मात्र प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस