२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

समलिंगी विवाहलाई मान्यता दिन भारतको सर्वोच्चद्वारा अस्वीकार, बच्चा एडप्ट गर्नपनि नपाउने

Refusal by India's Supreme Court to recognize same-sex marriage

काठमाडौं । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानूनी मान्यता दिन अस्वीकार गरेको छ। समलिंगी विवाहलाई कानूनी मान्यता दिन परेका रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी विवाहलाई मान्यता दिने कि नदिने कानून बनाउने अधिकार अदालतलाई नभएर संसदलाई भएको बताएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार समलिंगी विवाहलाई कानूनी मान्यता दिन माग गरिएको रिटमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो। इजलासका न्यायाधीशहरू नै यो विषयमा विभाजित भएका थिए।

‘यो अदालतले कानून बनाउन सक्दैन। अदालतले कानूनको ब्या‍ख्यामात्र गर्न सक्छ,’ प्रधानन्यायाधीश चन्द्रचुडले भने। सर्वोच्चले समलिंगी जोडीलाई बच्चा एडप्ट गर्न पाउने अधिकार पनि नभएको बताएको छ। यो विषयमा पनि न्यायाधीशहरू विभाजित भएका थिए। पाँचमध्ये तीन न्यायाधीश बच्चा एडप्ट गर्न नहुने पक्षमा भएपछि बहुमतका आधारमा फैसला भएको हो।

 

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस