२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

‘कोर टिम’को आरोप लागेका रवि लामिछानेका विश्वास पात्र थापालाई रास्वपाको पदीय जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनबाहादुर थापालाई पार्टीको पदीय जिम्मेवारीबाट हटाइएको छ। थापाले स्वंयम जिम्मेवारीमा नबस्ने निर्णय गरेका हुन्। सो निर्णयलाई रास्वपाले स्वीकार गरेको छ। थापामाथि पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले मिडियामार्फत आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ मागेको आरोप लगाएका थिए।

श्रेष्ठले सो विषयको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराएको रास्वपाले बैठकको निर्णयमा उल्लेख गरेको छ। ढाकाकुमारले सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी उनले काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा समेत दायर गरेका छन्। थापा सभापति लामिछानेका विश्वास पात्र हुन्।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस