२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ । यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस