२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

६ महिनाअघि अमेरिका पुगेकी नेपाली युवतीको मृत्यु

काठमाडौं । अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो । ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएको छ ।

उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ । निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस