२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

खेलकुद मन्त्री विराजभक्तको पहिलो निर्णय, प्रतियोगिताको क्यालेन्डर बनाई कार्यान्वयन गर्न राखेपलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले प्रतियोगितालाई स्थायी बनाउन क्यालेन्डर बनाई कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने पहिलो निर्णय गरेका छन् ।

‘खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रिय स्तरमा हुने प्रतियोगितालाई स्थायी बनाउन तालिमसहितका क्यालेन्डर बनाइ समन्वयात्मक रुपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने निर्णय भएको छ’, निर्णयमा भनिएको छ ।

मन्त्री श्रेष्ठले खेलकुदमा खेलाडी बाहेकका मान्छेले खेल्न नमिल्ने बनाउने बताए । ‘खेलकुदमा खेलाडीले खेल्न छोडे, बाहिरका मान्छेले खेल्न थालेका छन्, त्यहाँ चाहिँ खेलाडीबाहेकका अन्य मान्छेले नमिल्ने बनाउनुछ’, उनले भने ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस