२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शुक्रवार चलचित्र ‘उपहार’ को सुखद सुरुवात

Happy start of movie 'Upahar' on Friday

काठमाडौं। शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको बताइएको छ । काठमाडौं र काठमाडौं बाहिरका हलहरूमा सन्तोषजनक अकुपेन्सी रहेको निर्देशक ज्ञानेन्द्र देउजाले जनाएका छन् ।

काठमाडौंमा यस चलचित्रका कलाकारहरू बेनिशा हमाल, पूजा शर्मा, अभिनेता द्वय मुकुन भुसाल, समर्पणजंग कार्की लगायत हलमा दर्शकसँग भेटघाटमा पुगेका थिए ।

यसमा रेखा थापा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ । रेखा भने अमेरिकामा रहेको कारण हलमा उपस्थित रहिनन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस